कालीकोटमा नेपाली हाते कागज उत्पादन

कालीकोटमा नेपाली हाते कागज उत्पादन

२०८२ बैशाख १० , बुधवार

मान्म (कालीकोट) ः कालीकोटको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ ।

गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका–७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो । उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पु¥याउने गाउँपालिकाको लक्ष्य रहेको छ ।

नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पु¥याउने भएकाले यसले सामुदायस्तरमा दिगो विकासमा मद्दत पु¥याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताउनुभयो । “स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगारमूलक काममा लगाउने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ ।”

कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रजबहादुर शाहीले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १० , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य