जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै

जुम्लामा परिवार नियोजन गर्नेको सङ्ख्या बढ्दै

२०८१ चैत्र २७ , बुधवार

जुम्ला ः पछिल्लो समय जुम्लामा परिवार नियोजन गर्ने पुरुष र महिलाको सङ्ख्या बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यस वर्ष १०० पुरुषको स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखेकामा हालसम्म ९३ जनाले सेवा लिइसकेका जनाएको छ ।

सेवाको प्रभावकारिताका लागि यहाँका स्थानीय तहमा परिवार नियोजन शिविरसमेत आायोजना गरिएका छन् । ती शिविरमा पनि परिवार नियोजन सेवा लिनेको सङ्ख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयको आयोजना तथा सुनौलो परिवार नेपाल, केन्द्रीय कार्यालय काठमाडौँको प्राविधिक सहयोगमा यहाँका विभिन्न गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर भएका छन् । जिल्लाको सिञ्जा गाउँपालिकामा रहेको नराकोट स्वास्थ्य चौकीमा गरिएको शिविरमा २६ पुरुष, तिला गाउँपालिकाको कुडारी स्वास्थ्य चौकीमा १७ जना पुरुषले सेवा लिएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी प्रेम सौमैले जानकारी दिनुभयो ।

यस्तै, पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा भएको शिविरमा १५ पुरुष र १५ महिला, जनाले सेवा लिएका छन् । कनकासुन्दरी गाउँपालिकाको हाटसिँजा स्वास्थ्य चौकीमा भएको शिविरमा १३ पुरुष, एक महिला, गुठीचौरको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन भएको शिविरमा १० पुरुष र चार महिलाले सेवा लिएको सूचना अधिकारी सौमैले बताउनुभयो । यस्तै, तातोपानी गाउँपालिकाको ताम्तीलामा बजारमा भएको शिविरमा आठ पुरुष, २६ महिला, हिमाको बड्की स्वास्थ्य चौकीमा भएको शिविरमा चार पुरुषले स्थायी बन्ध्याकरण गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

यही चैत ७ देखि १९ गतेसम्म जिल्लाका स्थानीय तहमा पुगेर परिवार नियोजन शिविर सञ्चालन गरिएका थिए । दक्ष चिकित्सकहरूद्वारा पुरुषका लागि स्थायी बन्ध्याकरण र महिलाहरूका लागि अस्थायी इम्प्लान्ट सेवा प्रदान गरिएको थियो । चन्दननाथ नगरपालिकामा नियमित रूपमा बन्ध्याकरण सेवा सञ्चालन भइरहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ चैत्र २७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य