इटहरीमा अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु

इटहरीमा अन्तरराष्ट्रिय नाट्य महोत्सव सुरु

२०८१ फाल्गुन २८, बुधवार

धरान (सुनसरी) : इटहरीमा गत शुक्रबारबाट तीन दिने अन्तरराष्ट्रिय नाट्य महोत्सव सम्पन्न भएको छ ।

एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा इटहरीको म्याट्रिक्स हलमा कोशी प्रदेशको पर्यटन वर्ष–२०८१ को अवसरमा अन्तरराष्ट्रिय नाट्य महोत्सव–२०२५ भएको संयोजक म्याट्रिक्स इटहरीका अध्यक्ष विक्रमश्रीले बताउनुभयो ।

महोत्सवमा विविध नाटक प्रदर्शन, कार्यशालाका साथै सांस्कृतिक आदानप्रदानको कार्यक्रम थियो । जसले नेपाल र कोशी प्रदेशको पर्यटन प्रवद्र्धन, अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा कला, संस्कृति र सभ्यताको अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आयोजकको भनाइ छ ।

उक्त महोत्सवमा कोरिया, बेलायत, चीनलगायत १३ मुलुकका २० नाट्य संस्थाका ४४ बढी विदेशी रङ्गकर्मी, संस्कृतिकर्मी र कलाकारको सहभागिता छ ।

महोत्सव एसियन पिपुल्स थिएटर फेस्टिभल सोसाइटी, हङकङ र सर्वनाम थिएटर, काठमाडौँको सहकार्यमा स्थानीय मूल संयोजन इटहरी म्याट्रिक्स र आरम्भ नाट्य डबलीको रहेको इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले बताउनुभयो ।

महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र इटहरी म्याट्रिक्सका अध्यक्ष विक्रमश्रीले गर्नुभएको थियो । सोही अवसरमा रङ्गकर्मीहरु लेखनाथ चण्डीका निरौला, लोकबहादुर तामाङ, विष्णु डांगीलगायतलाई सम्मान गरिएको छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, प्रदेश सभा सदस्य मीना श्रेष्ठ, इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेललगायत रङ्गकर्मीहरुको सहभागिता रहेको थियो ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन २८, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य