हतकडीसहित अभियुक्त फरार

हतकडीसहित अभियुक्त फरार

२०८२ बैशाख १७ , बुधवार

सुदूरपश्चिमः मानव बेच–बिखनको अभियोगमा पक्राउ परेकी टीकापुर नगरपालिका–१की ५० वर्षीया मीना शाही दमाई हतकडीसहित फरार भएका छन् ।

मानब बेचबिखन मुद्दामा पुनःम्याद थपका लागि इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले गत आइतबार धनगढीस्थित कैलाली जिल्ला सरकारी वकिलको कार्यालयमा पु¥याइएकोमा ँ हतकडीसहित फरार भएका हुन ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज बुढाथोकीले प्रहरी टोलीले म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुयाएको बेला शाही फरार भएकी बताउनुभयो ।

निजलाई आफन्त नातापर्ने बालिकालाई भारतमा बेचबिखन गरेको जाहेरी परेपछि यही वैशाख ४ गते पक्राउ गरिएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य