गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

२०८१ चैत्र १३ , बुधवार

तनहुँ ः भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।

हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक जनशक्ति उत्पादनगरी यसै नगरपालिकामा प्राथमिकताका साथ उहाँहरुलाई रोजगारी दिने योजना बनाइएको छ ।”

यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ (कक्षा १–८) तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो ।

सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति रु १५ का दरले दिवाखाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पु¥याई कक्षा ६ सम्म विस्तार गरेको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ चैत्र १३, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य