‘गण्डकी वाङ्मय पुरस्कार’ कोइरालालाई

‘गण्डकी वाङ्मय पुरस्कार’ कोइरालालाई

२०८२ जेष्ठ ७ , बुधवार

गण्डकी ः वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालालाई यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ । गण्डकी साहित्य सङ्गमले यही जेठ १० गते ९६औँ गोकुल जयन्तीका अवसरमा उक्त पुरस्कार उहाँलाई समर्पण गर्ने भएको हो । प्रगतिशील साहित्य र लोकसङ्गीतका माध्यमबाट नेपाली समाजमा पुर्याएको योगदान बापत कोइरालालाई पुरस्कृत गर्ने निर्णय गरिएको पुरस्कार छनोट समितिका संयोजक सुरज उपाध्यायले जानकारी दिनुभयो । गण्डकी क्षेत्रमा क्रियाशील स्रष्टालाई हरेक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि रू २० हजार रहेको छ । पोखरा महानगरपालिका–६ बैदाममा विसं २०१५ मा जन्मिनुभएकी कोइरालाले करिब पाँच दशकदेखि प्रगतिशील, जनपक्षीय तथा देशभक्तिपूर्ण गीत र कविता सिर्जना गर्दै आइरहनुभएको छ । उहाँले हालसम्म ८०० भन्दा बढी लोकगीत गाइसक्नुभएको छ भने उहाँका दर्जनौँ कविता र गीत सङ्ग्रह प्रकाशित छन् । उहाँका चर्चित कृति र सिर्जनामा ‘मेरो देशको छातिभित्र दुःखेजस्तो लाग्छ’, ‘तरङ्ग’, ‘सारङ्गीमा भुल्यो मन’, ‘माइतै रमाइलो’, ‘के छ हजुर हालचाल यता रु’, ‘कसका जन्ती आए ?’ लगायत छन् । मौलिक तीज सिर्जना र गायनमा पनि उहाँको विशेष योगदान रहेको छ । ‘ऐना हेरेर’, ‘आमा तिम्रो दूधको भाराले’, ‘फूलको बासना’ आदि उहाँका लोकप्रिय गीत हुन् ।सङ्गीत–नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यका रूपमा समेत काम गरिसक्नुभएकी कोइराला हाल पनि विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थासँग आबद्ध हुनुहुन्छ । ‘गण्डकी वाङ्मय पुरस्कार’ यसअघि भेषजराज शर्मा, डा भवानीप्रसाद पाण्डे, दिल साहनी, कुलबहादुर केसीलगायत स्रष्टालाई प्रदान गरिएको थियो । रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ ७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य