गणतन्त्र दिवसमा क्रिकेट खेलाडी महतो सम्मानित

गणतन्त्र दिवसमा क्रिकेट खेलाडी महतो सम्मानित

२०८२ जेष्ठ २१ , बुधवार

मलङ्गवा (सर्लाही) ः गणतन्त्र दिवसका अवसरमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सम्मान गरेको छ ।

उन्नाइस वर्षमुनिको नेपाली क्रिकेट टोलीकी कप्तान महतोलाई चन्द्रनगर गाउँपालिकाले रु ५५ हजारसहित सम्मान गरेको हो । उनलाई गाउँपालिकाका अध्यक्ष राजकुमार महतो तथा जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र महतोले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

महतोले हासिल गरेको सफलता सबैका लागि गौरवको विषय भएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए । यसबाट अन्यलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गर्न मद्दत पुग्ने उनको भनाइ थियो । छोरासरह छोरीलाई पनि खेलकुदमा सहभागी गराइदिन कार्यक्रममा सहभागी अभिभावकसँग उनले आग्रह गरे ।

चन्द्रनगर गाउँपालिकाले सोही कार्यक्रममा गाउँपालिकाका दुई सहिद विद्यासागर महतो र शिवकुमार रामको परिवारलाई जनही रु २५ हजार तथा अधिकार प्राप्तीका लागि जेल जीवन निर्वाह गरेका नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति सत्येवसिंह दनुवारलाई समेत रु २५ हजार सहित सम्मान गरेको थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ २१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य