‘फिस टनेल एक्स्पो’ भक्तपुर

‘फिस टनेल एक्स्पो’ भक्तपुर

२०८२ असाढ ११ , बुधवार

भक्तपुर ः मध्यपुरथिमि नगरपालिका–५ राधेराधेमा आजबाट ‘फिस टनेल एक्स्पो २०८२’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले भक्तपुरमै पहिलो पटक आयोजना गरेको एक्स्पोको आज सांसद दूर्लभ थापाले उद्घाटन गर्नुभयो । एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ । साउन १० गतेसम्म सञ्चालनमा हुने एक्स्पोमा नेपालमै दोश्रो पटक र भक्तपुरमै पहिलो पटक समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो अनुभव हुने गरी फिस टनेल र सुनामी राइड सञ्चालनमा ल्याएको आयोजक संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक्स्पोको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव अवलोकन टनेल हो । सुरुङ आकारको यस टनेलभित्र आगन्तुक चारैतिर पारदर्शी पर्खालभित्र पौडिरहेका रङ्गीचङ्गी समुद्री माछा नजिकबाट हेर्न सक्नेछन् । टनेलभित्र विशेष लाइटिङ र ध्वनि प्रणालीमार्फत समुद्रको वास्तविक वातावरण निर्माण गरिएको छ । यहाँ टिकटक बनाउने र फोटो भिडियो लिनेका लागि उचित गन्तव्यसमेत रहको छ ।” दुर्लभ तथा रङ्गीन समुद्रमा पाइने १६० प्रजातिका माछा नेपालमा दोश्रो पटक सार्वजनिक अवलोकनका लागि भारत हुँदै ल्याइएको छ । एक्स्पोको टनेल बालबालिका, विद्यार्थी तथा जलजीवप्रेमीका लागि ज्ञानवद्र्धक तथा मनोरञ्जनात्मक माध्यम हुने अध्यक्ष महतले बताउनु भयो ।

समुद्री लहरजस्तै हल्लिएको अनुभूति हुने ‘सुनामी राइड’ एक्स्पोको अर्को आकर्षणको रूपमा रहेको छ । सुनामी राइडमा आगन्तुकले वास्तविक सुनामीको धक्का महसुस गर्नेछन् ।

एक्स्पोमा बालबालिकादेखि युवा वर्ग लक्षित विभिन्न प्रकारका पिङ रोटे पिङ, कोलम्बस, ड्रागन राइड, जम्पिङ्गलगायतका विभिन्न खेलसमेत रहेको छ । साथै नेवारी खाजा, सम्बेबजीलगायत विभिन्न खानाको परिकार, गेम जोन र फोटो स्पटसमेतको एक्स्पोमा व्यवस्था गरिएको छ । प्रत्येक दिन एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

सांसद थापाले यसप्रकारको एक्स्पो यहाँका बासिन्दाका लागि नौलो अनूभूति हुने बताउदै यसले आन्तरिक पर्यटनको प्रवद्र्धन, आर्थिक उन्नतीका लागि टेवा पुग्ने बताउनुभयो । स्थानीय पर्यटन प्रवद्र्धन, पारिवारिक मनोरञ्जन तथा बालबालिकालाई जलजीवसम्बन्धी जानकारी दिन एक्स्पो सफल हुनेउहाँले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य