‘फेक आइडी’ बनाएर चरित्र हत्या गरेको अभियोगमा पक्राउ

‘फेक आइडी’ बनाएर चरित्र हत्या गरेको अभियोगमा पक्राउ

२०८२ बैशाख ३ , बुधवार

काठमाडौँ ः पूर्वप्रेमीको नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ परेकी छन् । सो आइडीमार्फत निज पुरुष, उसको श्रीमती र नजिकका आफन्तलाई समेत दुःख दिएको आरोपमा गोरखाकी ३० वर्षीया बिन्दु परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

आफूसँग सरोकार नै नभएका अन्य विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्त ‘फेक आइडी’बाट गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेको भन्ने निवेदनका आधारमा साइबर ब्यूरोले परियारलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेकी ती महिलालाई स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिनुभयो । पक्राउ परेकी ती महिलालाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पीडित पुरुषको जाहेरीपछि प्रहरीले निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा गत पुसमा मुद्दा दर्ता गरेको थियो । त्यसलगत्तै बिन्दु फरार भएकी थिइन् ।

उनलाई खोजी गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी गरेको थियो । वैदेशिक रोजगारीबाट फर्कने क्रममा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वय र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयको सहयोगमा ती महिलालाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख ३ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य