ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गरिने

ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गरिने

२०८२ जेष्ठ २१ , बुधवार

काठमाडौं ः सरकारले ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजीटल अर्काइभिङ’ गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा ऐतिहासिक तथा पुरातात्विक महत्वका अभिलेखहरुको ‘डिजिटल अर्काइभिङ’ गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख छ । संस्कृत व्याकरणका प्रतिपादक पाणिनी ऋषिको स्मृतिमा अर्घाखाँचीको पणेनामा पाणिनी ज्ञान उद्यान निर्माण गरिने उल्लेख छ ।

नेपालको प्राचीन इतिहास, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षण गरिने प्रतिबद्धता पनि बजेटमा गरिएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ २१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य