दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै

दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै

२०८२ बैशाख १० , बुधवार

काठमाडौँ ः नेपाल धर्म संस्कृति अध्ययन सङ्घ (एएससिआर–नेपाल)ले संस्कृति तथा सम्पदासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

सङ्घले नेशनल कलेजसँगको सहकार्यमा धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अघि बढाउने उद्देश्यसहित पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो । सम्मेलन यही वैशाख ११ र १२ गते नेशनल कलेज, धुम्बाराहीमा हुनेछ । सम्मेलनको उद्देश्य ‘विगत र वर्तमानको समन्वयः सांस्कृतिक अभ्यास र धर्मको बुझाइ’ रहेको नेपाल धर्म संस्कृति अध्ययन सङ्घका अध्यक्ष प्राडा सोमप्रसाद खतिवडाले राससलाई जानकारी दिनुभयो ।

सम्मेलनमा ३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ता, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालालाई एकै ठाउँमा ल्याउन सहयोग पु¥याउने प्राडा खतिवडाले जानकारी दिनुभयो ।

युवा अनुसन्धानकर्ताका लागि विशेष रूपमा तयार पारिएको प्राज्ञिक लेखनबारे ११ गतेको पहिलो सेमिनारले सहयोग गर्ने जनाइएको छ । वैशाख १२ गते सम्मेलनका सबै भावमा समूहगत छलफल हुने जनाइएको छ ।

सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनेछन् ।

सम्मेलनका अनुसन्धानमूलक कार्यपत्रलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा प्रकाशित गरिने सह–आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताउनुभयो । सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वकुलसचिव पेशल दाहाल प्रमुख वक्ता रहनुहुने जनाइएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १० , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य