धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ !

धार्मिक पर्यटन प्रवद्र्धन गर्न महायज्ञ !

२०८१ फाल्गुन २१, बुधवार

दमौली (तनहुँ): धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित महायज्ञमा रु ४३ लाख ३७ हजार चार सय ९७ सङ्कलन भएको छ ।

साँखेस्थित एक सय २० वर्ष पुरानो शिवालयका माध्यमबाट साँखेक्षेत्रको धार्मिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको शिवालय व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ अर्यालले बताउनुभयो ।

महायज्ञको समापन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यज्ञबाट सनातन धर्मको संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

यो मन्दिरमा हरेक वर्ष शिवरात्रिमा तनहुँ र स्याङ्जाका साथै देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् । शिवालय र आसपासका क्षेत्रमा जन्तेढुङ्गा, सीता पाइलालगायत पुरातात्विक महत्वका संरचना छन् ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन २१, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य