चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतलाई

२०८२ बैशाख ३ , बुधवार

काठमाडौँ ः हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आज भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको होे ।

कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् ।

कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुर्ई÷दुई विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि समान एक÷एक विकेट लिए ।

हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले । उनले ३६ बलमा छ चौका र चार छक्काको मद्धतले सर्वाधिक ६३ रन बनाए । यस्तै, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए । अन्य कुनै खेलाडीले दोेहोरो अंकको रन जोेड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिँदा करण के.सी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारेका थिए ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख ३ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य