चैत्र शुक्ल अष्टमी ः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

चैत्र शुक्ल अष्टमी ः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु

२०८१ चैत्र २७ , बुधवार

काठमाडौँ, ः वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा २३ चैत बेलुकीदेखि सुरु भएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने सेतो मच्छेन्द्रनाथ रथयात्रामा हजारौँको सहभागिता जुटेको छ ।

रथयात्राका लागि दिउँसो करिब ४ः०० बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो । बेलुकी त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन आज रथ असन पुर्याइएको छ । रथ असन पुगेपछि पूजा, आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । असनमा रातभर सेतो मच्छेन्द्रनाथको पूजाआराधना गर्ने नियम रहिआएको छ ।

सहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ । रथ निर्माणका लागि काठलगायत व्यवस्था गुठी संस्थानले गर्ने परम्परा छ । अष्टमीका दिन आज कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाडौँ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले राससलाई जानकारी दिनुभयो ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदसैँका दिनदेखि तान्ने गरिएको छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ । प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा सुरु हुने प्राचीनकालदेखिको परम्परा छ ।

रासस

  • प्रकाशन मिति : २०८१ चैत्र २७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य