चैतेदसैँका लागि त्रिशूली देवी मन्दिर खुला

चैतेदसैँका लागि त्रिशूली देवी मन्दिर खुला

२०८१ चैत्र २० , बुधवार

जलेश्वर ः जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको प्रख्यात त्रिशूली देवीको मन्दिर चैतदसैँका आजदेखि सर्वसाधारणको दर्शनका लागि खोलिएको छ ।

यो मन्दिर प्रत्येक वर्ष असोज र चैतदसैँका बेला दुईपटक मात्रै खुला गरिन्छ । मन्दिरका पुजारी उपेन्द्र पाठकले त्रिशूली देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि आजदेखि मन्दिर खुला गरिएको र दर्शनार्थीको भीड लागेको बताउनुभयो ।

उक्त मन्दिरमा महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतको सीतामढी र मधुवनी जिल्लाबाट भक्तजनहरु आउने गरेका छन् । दसैँमा त्रिशूली देवीको पूजा र दर्शन गर्न नपाएका भक्तजनहरु पुनःवर्षभरि माताको मन्दिर खुल्ने प्रतिक्षा गर्नुपर्ने हुन्छ । त्रिशूली मन्दिरमा भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ ।

रासस

  • प्रकाशन मिति : २०८१ चैत्र २०, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य