बुटवलमा योग प्रयोगशाला स्थापना

बुटवलमा योग प्रयोगशाला स्थापना

२०८२ जेष्ठ १४ , बुधवार

लुम्बिनी ः यहाँको बुटवल उपमहानगरपालिका– १३, बँदेलपोखरीमा आध्यात्मिक अभ्यास केन्द्रको रुपमा ‘आरोग्य मिलन जीवन योग प्रयोगशाला’ स्थापना गरिएको छ ।

सेवा उद्योगमा अनुभवी पर्यटन व्यवसायी माधव नेपाल र गमला नेपालले स्थापना गर्नुभएको सो प्रयोगशालाको आज औपचारिक उद्घाटन गरिएको छ । उक्त प्रयोगशालालाई सात्विक जीवनशैलीको केन्द्र बनाउने लक्ष्य लिइएको छ ।

उद्घाटन कार्यक्रममा ‘जीवन विकास’का संस्थापक योग तथा आध्यात्मिक गुरु रमेश नेपालले योगशाला जीवन परिवर्तनको प्रयोगशाला भएको र आत्म–जागरणको अभ्यास हुने बताउनुभयो ।

उहाँले योग, ध्यान, प्राणायाम र अनुशासनमार्फत व्यक्ति, परिवार र समाजमा सकारात्मक रूपान्तरण ल्याउने उद्देश्यका साथ केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । सञ्चालक नेपाल दम्पतीका अनुसार आधुनिक व्यस्त जीवनशैलीबाट मुक्तिका लागि एकीकृत आध्यात्मिक अभ्यास आवश्यक भएको बताउनुहुन्छ ।

व्यक्तिको आन्तरिक ऊर्जा, चेतना र आत्म–स्वास्थ्यको सन्तुलनमार्फत जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले केन्द्र स्थापना गरिएको संस्थापक गमला नेपालको भनाइ छ ।

अभियानका लुम्बिनी प्रदेश संयोजक तथा अभियानकर्मी केशव खनालले यो केन्द्र नेपाली समाजमा आत्मोन्नतिको ज्योति बनेर उदाउने बताउनुभयो ।

योग गुरु रमेश नेपालका अनुसार ‘जीवन विज्ञान’ केवल योग वा ध्यान होइन, एक समग्र जीवनशैली हो । अर्का अभियन्ता रोशन नेपालले प्रयोगशालामा जीवन–विज्ञानका विधिमा प्रशिक्षण दिइने बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ १४ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य