बिस्का जात्रा सम्पन्न

बिस्का जात्रा सम्पन्न

२०८२ बैशाख १० , बुधवार

भादगाउँ (भक्तपुर), ः नौ दिन आठ रात मनाइने भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा ५ गते सम्पन्न भएको छ । सो साँझ तमारीबाट भद्रकाली रथ तानेर घट्खा पु–याई गःहिटिबाट भैलखः तानातान गरी तमारीमा पुग्दा औँसी(पाङग्रा राख्ने काठ) भाँचेपछि जात्रा सम्पन्न भएको हो ।

त्यसैगरी बिहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको योसिंद्य विधि पूर्वक पूजाआजा गरी ढालिएको छ । हात नभएको योसिंद्यलाई छैटौँ दिनमा मात्र ढाल्ने परम्परा छ । सो योसिंद्य नढाले साँझ भद्रकाली र भैलखःको तान्न नहुने परम्परा छ ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १० , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य