विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ

विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ

२०८१ फाल्गुन २१, बुधवार

काठमाडौँ ः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३,७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

गत साता फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिद अख्मेदोभलाई सुनसहित पक्राउ गरिएको भित्रुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गएराति फलाइ दुबइको उडानमार्फत काठमाडौँ आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा सुनसहित फेला पारी पक्राउ गरेको हो ।”

पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताउनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन २१, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य