विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार

विद्यालय सञ्चालन गर्न ललितपुर महानगरको पत्राचार

२०८२ बैशाख १७ , बुधवार

पाटन (ललितपुर) ः ललितपुर महानगरपालिकाले मंगलबारदेखि महानगरक्षेत्रका सबै विद्यालय सञ्चालन गर्न पत्राचार गरेको छ ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले आज पत्राचार गरी सबै सामुदायिक विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गर्न अनुरोध गरेको हो । “महानगरपालिकाले शिक्षकको सहभागितामा शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रो प्रकाशन गरी कार्यान्वयनमा ल्याएको विदितै छ । उक्त कार्यपात्रो बमोजिम विद्यार्थी भर्नालगायत शैक्षिक क्रियाकलाप हालसम्म सञ्चालन हुन नसक्दा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ”, पत्रमा भनिएको छ ।

विद्यालय शिक्षा ऐनलगायतका विभिन्न माग राखी शिक्षकले २६ दिनदेखि आन्दोलन जारी राख्दा देशभरका सामुदायिक विद्यालयमा अध्ययन अध्यापन प्रभावित भएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य