भक्तपुरमा अन्तरनगर जिम्नास्टिक प्रतियोगिता

भक्तपुरमा अन्तरनगर जिम्नास्टिक प्रतियोगिता

२०८१ चैत्र २७ , बुधवार

भक्तपुर ः भक्तपुर नगरपालिकाले यहीँ चैत २३ गतेदेखि तीन दिने अन्तरनगर जिम्नास्टिक प्रतियोगिता आयोजना गर्नेभएको छ ।

आज नगरपालिकाले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै नगरप्रमुख सुनिल प्रजापतिले विद्यार्थी र युवालाई शारीरिक रुपमा स्वस्थ एवं तन्दुरुस्त बनाउँदै खेलकुद र खेलाडीको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

भक्तपुर नगरपालिकाले ६ वटा खेलकुद भलिबल, फुटबल, कराते, बक्सिङ, टेबुलटेनिस, जिम्नास्टिकको नियमित प्रशिक्षण चलाउँदै आएको छ । उहाँले आफ्नो क्षमताअनुसारको नगरपालिकाले खेलकुद पूर्वाधार विकास गर्दै आएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नगरप्रमुख प्रजापतिले प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार, तेस्रोलाई रु २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको र सहभागी खेलाडी एवं अफिसियललाई खाने र बस्ने व्यवस्था गरिएको बताउनुभयोे ।

नगरपालिकाले पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराते, तेस्रो वर्ष एथलेटिक्स, चौथो वर्ष बुद्धिचाल, पाँचौँ वर्ष खोखो र गतवर्ष महिला कबड्डी खेलको प्रतियोगिता सफलताका साथ सम्पन्न गरेकोमा यसवर्ष जिम्नास्टिक प्रतियोगिता आयोजना गर्ने भएको हो ।

अन्तरनगर जिम्नाष्टिक प्रतियोगितामा काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, भक्तपुर, चाँगुनारायण, सूर्यविनायक, मध्यपुरथिमि, बाग्लुङ, रामग्राम, बनेपा, गोकर्णेश्वर, शङ्खरापुर, चन्द्रागिरी, वालिङ्ग, कीर्तिपुर, बुढानिलकण्ठ, नाागार्जुन नगरपालिका गरी १८ वटा महानगरपालिका तथा नगरपालिका प्रतियोगितामा सहभागित हुने भएका छन् ।

रासस

  • प्रकाशन मिति : २०८१ चैत्र २७, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य