भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने

भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने

२०८२ बैशाख १७ , बुधवार

भगवान् बुद्धको अमूल्य अस्तुधातु दर्शन गराइने काठमाडौँ ः २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ गुम्बामा भगवान् गौतम बुद्धको अमूल्य अस्तुधातु, काश्यप बुद्ध र स्वयम्भू महाचैत्यको दुर्लभ अस्तु दर्शन गराइने भएको छ । श्री बौद्धनाथ तथा मेलम्ची घ्याङ गुठीले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा अस्तु दर्शनसहित भगवान् बुद्धको प्राचीन मूर्तिसहित शोभायात्रा गराइने भएको जानकारी गराइयो । ‘मेरो जन्म अरुको लागि’ भन्ने मूल नारासहित विश्व शान्ति तथा मानव कल्याण यात्रा आरम्भ गरिने घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले जानकारी दिनुभयो । भगवान् बुद्धको अस्तुसहित गरिने यो यात्राले बुद्धको ज्ञान, प्रज्ञा र करुणाको सन्देश संसारभर पु–याउने विश्वास गरिएको छ । यसले नेपाललाई विश्वभर चिनाउनेछ । यस वर्षको बुद्धजयन्ती यही वैशाख २९ गते परेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रही आएको छ । यसका लागि बौद्ध क्षेत्रमा मूल समारोह समिति गठन गरिएको जनाइएको छ । रासस

  • प्रकाशन मिति : २०८२ बैशाख १७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य