बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप

बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप

२०८२ जेष्ठ ७ , बुधवार

धरान (सुनसरी) ः यहाँको बराहक्षेत्र नगरपालिका–१ खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ बङ्गुर मरेका छन् भने ६० भन्दाबढी सङ्क्रमित भएका छन् ।

नगरपालिकाको पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार, सङ्क्रमण बराहक्षेत्र नगरपालिका–१ का कुमार विकको फार्मबाट सुरु भई अन्य किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको बङ्गुर फार्मसमेतमा फैलिएको हो ।

सङ्क्रमण नियन्त्रण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली खटिएका छन् । उहाँका अनुसार, औषधि, मल्टी भिटामिन र एन्टिबायोटिक वितरणका साथै जैविक सुरक्षा अपनाउनसमेत सुझाव दिइएको छ ।

स्वाइन फिभर पहिलोपटक वराहक्षेत्रमा देखिएको उहाँको भनाइ छ । अहिले सङ्क्रमित क्षेत्र शिलबन्दी गरिएको छभने बङ्गुरको ओसारपसारसमेतमा रोक लगाइएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ ७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य