बालाजु पौडी पोखरी सञ्चालनमा

बालाजु पौडी पोखरी सञ्चालनमा

२०८२ जेष्ठ २१ , बुधवार

काठमाडौँ ः काठमाडौँ महानगरपालिका (कामपा)ले दश वर्षपछि आगामी आइतबारदेखि बालाजु बाइसधारामा रहेको पौडी पोखरी सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

पोखरीमा पानीको गुणस्तर निश्चित भएपछि जीवनरक्षक जनशक्तिसहित पौडी पोखरी सञ्चालनमा ल्याउन लागिएको उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाका प्रमुख नवराज थापाले जानकारी दिनुभयो ।

विक्रम संवत् २०७२ को भूकम्पको कम्पनले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो । त्यसपछि पोखरी पुनःनिर्माणका क्रममा रहेकाले सञ्चालनमा आउन सकेको थिएन । पौडी पोखरी सञ्चालन गर्न कामपाले उद्यान तथा हरियाली प्रवद्र्धन आयोजनाले नेपाल पौडी सङ्घसँग सम्झौता समेत गरिसकेको छ । आयोजनाका प्रमुख नवराज थापा र सङ्घका महासचिव ईश्वरकुमार कार्कीका बीच सम्पन्न सम्झौताबमोजिम सङ्घले एक वरिष्ठ जीवनरक्षक, एक महिला अनिवार्यसहित तीनजना जीवनरक्षक तथा एकजना पानी प्रशोधन प्राविधिकसहित पाँच जना जनशक्ति उपलब्ध गराउने छ ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ २१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य