अभिनेत्री नोरा फतेही नेपाल आउँदै

अभिनेत्री नोरा फतेही नेपाल आउँदै

२०८२ बैशाख २४ , बुधवार

काठमडौँ ः भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउनुहुने भएको छ ।

सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

संस्थाका अध्यक्ष देव मगरका अनुसार शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युुमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आउन लाग्नुभएको हो । उहाँले भन्नुभयो, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ ।”

आगामी जेठ ३ गते ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रम आयोजना हुने भएको हो । नेपाल आउन र नेपालीलाई भेट्न आफू उत्साहित रहेको अभिनेत्री फतेहीले बताउनुभएको छ । उहाँले एक श्रव्यदृश्य सन्देशमार्फत आफू पहिलो पटक नेपाल आउने र यहाँबाट अहिलेसम्म प्राप्त गरिरहेको मायाका लागि धन्यवाद व्यक्त गर्दै आफ्नो प्रस्तुति दिने बताउनुभएको छ ।

“म काठमाडौँ आउन उत्साहित छु, यो मेरो पहिलो भ्रमण हुनेछ, सामाजिक कार्यका यो कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गर्दछु”, उहाँले भन्नुभएको छ । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गर्नेछ । अभिनेत्री फतेहीको ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’लगायत गीत लोकप्रिय छन् ।

उक्त कार्यक्रममा नेपाली कलाकारहरु दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामालगायतले प्रस्तुती दिनुहुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । उक्त कार्यक्रमको टिकट ‘खल्ती’ एपमा उपलब्ध रहेको आयोजक तथा कार्यक्रम संयोजक मनिष कार्कीले जानकारी दिनुभयो ।

रासस

  • प्रकाशन मिति : २०८२ बैशाख २४ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य