‘अञ्जिला’ ले पूरा ग¥यो प्रदर्शनको एक सय दिन सात चलचित्र भवनमा

‘अञ्जिला’ ले पूरा ग¥यो प्रदर्शनको एक सय दिन सात चलचित्र भवनमा

२०८२ असाढ ११ , बुधवार

काठमाडौँ ः नेपाली फुटबलकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जिवनीमा आधारित चलचित्र ‘अञ्जिला’ ले सात चलचित्र भवनमा एक सय दिन पूरा गरेको छ ।

काठमाडौँको क्युएफएक्सको सामाखुसीस्थित सिटीस्क्वायर मल, कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, इटहरीको एलाइट सिनेमा, बिर्तामोडको पाथीभरा सिनेप्लाजा, चितवनको म्याङ्गो जनज्योति सिनेमा र विराटनगरको सेन्ट्रल मल्टिप्लेक्समा प्रदर्शनको १०० दिन पूरा गरेको निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो ।

चाम्ले भन्नुभयो, “हामीले जुन सोचका साथ चलचित्रको निर्माण सुरुआत गरेका थियौँ, त्यो आज पूरा भएको छ । खेलाडीको जीवनीमा आधारित चलचित्रलाई दर्शकले दिनुभएको माया अमूल्य छ, यसले आउँदो दिनमा अन्य खेलाडीको कथामा चलचित्र बनाउन प्रेरणा दिएको छ । कप्तान सुब्बाको घर बनाउने सपना पनि पूरा हुँदैछ, हामी चाँडै जानकारी दिनेछौँ ।”

चलचित्रमा स्वयं कप्तान सुब्बाले आफ्नो भूमिका निर्वाह गर्नुभएको छ । उहाँसँगै चलचित्रमा दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठले अभिनय गर्नुभएको छ । उक्त चलचित्र २०८१ फागुन २९ गतेदेखि प्रदर्शन भएको थियो ।

रासस

  • प्रकाशन मिति : २०८२ असाढ ११ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य