अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता

अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता

२०८२ जेष्ठ २१ , बुधवार

सोलुखुम्बु ः चालु आर्थिक वर्षमा सोलुखुम्बुका ७० भ्रष्टाचार तथा अनियमिततासम्बन्धी उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएका छन् । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार ती उजुरीमध्ये केही सङ्घ र प्रदेश सरकारका निकाय विरुद्ध भए पनि अधिकांश स्थानीय तहसँग सम्बन्धित छन् ।

खासगरी विकास निर्माण र योजना कार्यान्वयनमा हुने अनियमितता, पारदर्शिताको अभाव लगायतका विषयमा उजुरी परेका छन् । यहाँका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी नेचासल्यान गाउँपालिकाको छ । नेचासल्यानको मात्रै १२ वटा उजुरी दर्ता भएका छन् । त्यसपछि माप्यदुधकोशी र लिखुपिकेको पाँच–पाँच उजुरी छन् भने थुलुङ दुधकोशी गाउँपालिकाको चार उजुरी छन् ।

खुम्बु पासाङल्हामु, महाकुलुङ गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकाविरुद्ध दुई–दुई उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयका प्रवक्ता तुलसीराम पौडेलका अनुसार प्राप्त उजुरीमध्ये हालसम्म ७९ प्रतिशतको फछ्र्यौट भइसकेको छ । बर्दिबासमा मात्र ३२ वटा उजुरी दर्ता भएको र १९ उजुरीको छिनोफानो भइसकेको छ । बाँकी १३ उजुरीको अनुसन्धान पूरा हुन बाँकी छ ।

बर्दिबासस्थित आयोग कार्यालयको कोशी प्रदेशअन्तर्गत सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङ, मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी र सर्लाही तथा बाग्मती प्रदेशका सिन्धुली र रामेछाप गरी जम्मा नौ जिल्ला कार्यक्षेत्र रहेको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ २१ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य