‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा

२०८१ फाल्गुन २८, बुधवार

बागमती ः हेटौँडा उपमहानगरपालिकका विभिन्न तीनवटा वडामा किसानले पालेको बङ्गुरमा फैलिएको ‘अफ्रिकन स्वाइन फिवर’ नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालयले प्रभावित वडामा किटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बङ्गुरको ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो ।

गत मङ्सिरदेखि फैलिएको स्वाइन फिवरबाट हेटौँडा उपमहानगरपालिका–१, ११ र १७ मा किसानले पालेका दुई सयभन्दा बढी बङ्गुर मरेका थिए । यस्तै, पशु सेवा कार्यालयले तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाएको छ । सो कार्यालयले यही माघ २४ देखि ३० गतेसम्म मकवानपुरका १० वटै पालिकामा सञ्चालन गरेको पिपीआर खोप कार्यक्रमअन्तर्गत तीन लाख भेडाबाख्रामा पिपीआर खोप लगाइएको पशु सेवा कार्यालयका प्रमुख डा ठाकुरले बताउनुभयो । भ्याम्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत फार्मका साथै घरदैलोमै पुगेर खोप अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ । पशुपालनतर्फ बाख्रा पाल्ने किसानको सङ्ख्या बढ्नुका साथै भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण र रोकथाममा प्रदेश सरकारको निर्देशअनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्यस्तै पशु सेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । कार्यालयका पशु चिकित्सक डा विजय पौडलका अनुसार हेटौँडासहित जिल्लाका विभिन्न पालिकाका किसानले पालेको आठ हजार गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । खोप कार्यक्रमअन्तर्गत हेटौँडा उपमहानगरपालिका–९, १२ र १५ तथा मनहरी गाउँपालिका–६ र ७ मा छ हजारभन्दा बढी पशुमा खोरेत रोगविरुद्धको खोप लगाइएको जनाएको छ । पशुहरूको बढी आवतजावत हुने ती स्थानमा खोरेत रोगविरुद्धको अभियान चलाइएको पशु चिकित्सक डा पौडैलले बताउनुभयो । यस्तै, जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८१ फाल्गुन २८, बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य