पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

२०८२ जेष्ठ ७ , बुधवार

काठमाडौँ ः अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रु पाँच लाख ७० हजार घुससहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट आज साँझ पक्राउ गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टङ्गाल कार्यालयबाट गएको टोलीले इञ्जिनियर यादवलाई पक्राउ गरेको हो । आरोपी इञ्जिनियर यादवलाई पक्राउ गरी थप अनुुसन्धान भइरहेको आयोगले जनाएको छ ।

रासस

  • प्रकाशन मिति : २०८२ जेष्ठ ७ , बुधवार
  • अग्रपृष्थ

    अर्थ/विकास

    स्वास्थ्य

    धर्म/संस्कृति

    बिचार

    उपत्यका

    समसामयिक

    अपराध

    बालकथा

    मनोरञ्जन

    खेलकुद

    अन्य